१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

रोटरी क्लव अफ कपिलवस्तु मिडटाउनको अध्यक्षमा खाँण, क्लवको भवन बनाउने घोषणा



चन्दकान्त न्यौपाने, कपिलवस्तु ।
रोटरी क्लव अफ कपिलवस्तु’ मिडटाउनको वर्ष २०१९ । ०२० को नयाँ नेतृत्व चयन भएको छ । बाणगंगा- २ वैरियाको मायादेवी रिसोर्टमा विहिबार राति सम्पन्न क्लवको २३ औँ इन्सटलेसन कार्यक्रम पछि युवा व्यावसायी तथा समाजसेवी विरेन्द्र खाँण अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

यस्तै क्लवको आइ.पी.पी. होराइजन माविका प्राचार्य बासुदेव घिमिरे, प्रिजडेन्ट इलेक्टमा समाजसेवी टोपनारायण भण्डारी, चार्टर प्रेसिडेन्टमा लक्षमण अधिकारी, प्रिजडेन्ट नोमिनीमा नरेश पौडेल, भाइस प्रिजडेन्ट फस्टमा माधवभाट क्षेत्री, भाइस प्रिजडेन्ट सेकेन्डमा विष्णु प्रसाद अर्याल र सक्रेटरीमा मोहन बेल्बासे चयन हुनुभएको छ ।

यस्तै क्लवको ट्रेजरमा अञ्जु अधिकारी, क्लब एडमिनमा नन्द किशोर शुक्ल, सर्विस प्रोजेक्टमा बाबुराम भण्डारी, पब्लिक रिलेशनमा मित्र कँडेल, लिटरेसी टिच कमिटीमा कुलराज पौडेल, मेम्बरसिप डाइरेक्टरमा बद्री प्रसाद काफ्ले, युथ सर्भिस राजेन्द्र गिरी, टि.आर.एफ.चेयरमा गिरीराज पौडेल, इडिटरमा कृष्ण प्रसाद भट्टराई, सर्जेन्ट एट आर्मस फस्टमा कमला कँडेल, ज्वाइन्ट सेक्रेटरीमा मधु शर्मा, ज्वाइन्ट ट्रेजरमा विष्णु माया श्रेष्ठ, ज्वाइन्ट इटिडरमा कमला खाँण (सुष्मा), सर्जेन्ट एट आर्मस सेकेन्डमा इन्दिरा तिमिल्सना, क्लब मेन्टर लेखामा शर्मा घिमिरे, वेव मास्टरमा नारायण पाण्डे सर्वसम्मत चयन हुनुभएको छ ।

चयन भएका पदाधिकारीले हिजो नै सपथ लिएका छन् । यसैबीच नव निर्वाचित अध्यक्ष खाँणले आफ्नो कार्यकालमा रोटरीको भवन निर्माण गर्ने घोषणा गर्नुभएको छ । पदभार ग्रहणपछि आफ्नो भनाई राख्दै खाँणले आफ्नो कार्यकाललाई नमुना बनाउने धेरै काम भए पनि पहिलो काम रोटरीको भवन निर्माण हुने बताउनु भएको हो ।

यस्तै उहाँले समग्र कपिलवस्तु जिल्लाको मानवीय उत्थानका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्न पनि आफूले पहल गर्ने बताउनु भयो । कार्यक्रममा क्लवकी ट्रेजर अञ्जु अधिकारीले खाँणको अध्यक्ष खाँणको संक्षिप्त जीवनी पढेर सुनाउनु भएको थियो ।

सेक्रेटरी मोहन बेलबासेको संचालन, भाइस प्रिजडेन्ट फस्टमा माधवभाट क्षेत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा क्लवका आइ.पी.पी. बासुदेव घिमिरेले आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । रोटरी लिने संस्था नभई दिने संस्था भएको आफ्नो कार्यकालमा आफूले पाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २० असार २०७६ शुक्रबार ००:००  ८ : १४ बजे