बिष्णु कुमार आले, अर्घाखाँची ।
गोरूसिंगे–सन्धिखर्क सडकखण्डको अर्घाखाँचीको सुपा–देउराली मन्दिर नजिकै बिहिबार जिप दुर्घटना हुँदा मृत्यु हुने सबैको परिचय खुलेको छ । दुई जनाको घटनास्थल मै मृत्यु भएको थियो भने एक जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर अन्य ४ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान ३ धारापानीका जिप चालक ५५ बर्षीय सुमन्त भुसाल, मालारानी ३ गुनाखर्कका ३७ बर्षीय रूद्र प्रसाद भुसाल र सन्धिखर्क १२ का ६१ बर्षीय रण बहादुर दर्जी रहेका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ५ सय मिटर तल भिरबाट खसेर दुर्घटना ग्रस्त भएको छ । शवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको बताइएको छ । घाईते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको छ ।
घाईते हुनेमा कपिलवस्तु बुद्धभूमि- १ कि ४५ बर्षीय गोमा खड्का, अर्घाखाँची मालारानी ३ का देवप्रसाद भुसाल र ईश्वरी प्रसाद भुसालको परिचय खुलेको छ भने अन्य घाईतेको नाम ठेगाना खुल्न सकेको छैन । उकालो सडकमा ओट राख्दा राख्दै दुर्घटना भएको यात्रुले बताएका छन् । ओट राख्न प्रयास गरेका यात्रु सकुशल छन् ।
१९ असार २०७६ बिहिबार ००:००
2
Shares
प्रतिक्रिया