रचना खासु मगर, यशोधरा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाले दलित छात्राहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । कक्षा, ७, ८, ९ र १० मा अध्ययरत १ सय ४३ गरिब तथा बिपन्न छात्राहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।
गाउँपालिकाको बैदौली सुठौलीमा आयोजित कार्यक्रममा ७ वटा बिद्यालयका ती छात्रालार्ई १ हजार ६ सय ५० का दरले छात्रबृत्ति बाडिएको हो ।
गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले बिद्यार्थीहरुलाई छात्रबृत्ति बाडेका थिए । सो अवसरमा उनले सरकारी बिद्यालयको स्तर बढाउन आफुले सक्दो सहयोग गर्ने बताए ।
उनले बिद्यालयका शिक्षक, बिद्यार्थी अभिभावकहरुले समेत बिद्यालयको सुधारमा हातेमालो गर्नु पर्ने बताए ।
प्रतिक्रिया