दाङ ।
दाङको तुलसीपुरमा घरेलु उत्पादनहरुको प्रदर्शनी तथा विक्रि केन्द्र कोशेली घर स्थापना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङले १६ लाख ९ हजार ८ सय ६५ रुपैयाँको लागतमा कोशेली घरको स्थापना गरिएको हो ।
निर्माण गरिएको कोशेली घर स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोशेली घर हस्तान्तरण गरिएको हो । यो कोशेली घर तुलसीपुर वसपार्कमा निर्माण गरिएको छ ।
घरेलु उद्योग कार्यालय प्रमुख वासुदेव रिजालले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोशेली घर सञ्चालन र व्यवस्थापनको लागि हस्तान्तरण गरिएको छ ।
कोशेली घरमा स्थानीय घरेलु उत्पादनका सामग्री विक्रि वितरणको लागि राखिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । कोशेली घर सञ्चालन गर्न सहकारीलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।
घरेलु उत्पादनका सामग्री बजार र विक्रि केन्द्रको अभावमा घरमै राख्ने गरिएको थियो । अब कोशेली घरमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने जिल्ला लघु उद्यम विकास संघका अध्यक्ष माया न्यौपानेले बताइन् ।
१९ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया