९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वडा कार्यालयले दियो सुत्केरी महिलालाई घरमै पुगेर पौष्टिक आहार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ ले विहीबार सुत्केरी महिलाका लागि पौष्टिक आहार वितरण गरेको छ । वडा कार्यालयले घरघरमा पुगेर सुत्केरी महिलाका लागि पौष्टिक आहार वितरण गरेको हो ।
वडा अध्यक्ष विष्णु गिरी, वडा सदस्य, मोतिपुर स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी तथा सुआहारका प्रतिनिधीको एक टोली विहीबार घरघरमा पुगेर पौष्टिक आहार वितरण गरेको थियो ।
वडाका ६ जना सुत्केरी महिलाहरुलाई एक÷एक किलो घ्यु र मह तथा एउटा लोकल कुखुराको भाले वडा अध्यक्ष गिरीले हस्तान्तरण गर्नुभएको थियो । वडाका सुत्केरी महिलाहरु सुनिता थापा, बसन्ती पुन, सन्ध्या चौधरी, माया परियार र धनपति थारुलाई वडा कार्यालयको परिसरमा तथा सवनम थापालाई घरमै पुगेर पौष्टिक आहार वितरण गरिएको हो ।
पौष्टिक आहार प्रदान गरेको भन्दै सुत्केरी महिलाहरु हर्षित भएका छन् । उनीहरुले वडा अध्यक्ष घरमै आउँदा धेरै खुसी लागेको बताए । वडा अध्यक्ष गिरीले गर्भवती महिलाहरु चार पटक सम्म नियमित गर्वजाँच, १ सय ८० आईरन चक्कि पुरा भएका तथा स्वास्थ्य संस्थामा मात्र प्रसुुती भएका महिलाहरुलाई उक्त पौष्टिक आहारा वितरण गरिने बताउनुभयो ।
उहाले स्वास्थ्यकर्मीहरुको तथ्यांक अनुसार वडा भित्रका सम्पुर्ण सुत्केरी महिलाहरुलाई आगामी दिनमा आफ्नो कार्यकाल सम्म निरन्तर रुपमा वितरण गरिरहने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  ७ : १७ बजे