काठमाण्डौ ।
नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पारा गण सामुखुशीमा कार्यरत प्रहरी निरीक्षक रणबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यलय बाँकेमा काज सरुवा गरेको छ भने महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रेशम प्रसाद आचार्यलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखामा काज सरुवा गरेको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ । त्यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरिबहादुर बस्नेतको सरुवा भएको छ ।
पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्रबहादुर बमको सरुवा भएको छ ।
कल्याण महाशाखामा इन्स्पेक्टर बासुदेव नेपाललाई लगिएको छ भने ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्रबहादुर रोकायालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
१९ असार २०७६ बिहिबार ००:००
2
Shares
प्रतिक्रिया