काठमाण्डौ ।
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज वेस्ट इन्डिज र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ पछि सुरु हुने छ ।
दुवै टोली लिग चरणबाटै बाहिरिएकोे हुँदा आजको खेल प्रतिष्ठाको लडाइमात्रै हुनेछ । यी दुवै टोलीको जारी विश्वकपमा यो अन्तिम खेल समेत हो । सुरुवाती ८ खेलमै पराजित भएको अफगानिस्तान अन्तिम खेलमा जित निकाल्न चाहान्छ । अफगानिस्तानका प्रमुख प्रशिक्षक फिल सिमन्सले यहि खेलबाट राजिनामा दिँदै छन् । त्यसैले अफगानिस्तान खेलाडी अन्तिम खेलमा प्रशिक्षक सिमन्सलाई जित सहित बिदाई गर्ने सोचमा छन् । अफगानिस्तान पछिल्लो समय वेस्टइन्डिजमाथि हावी हुँदै आएको छ ।
ठूलो आसा गरिएका लेगस्पिनर राशिद खानको खराव प्रर्दशन,ओपनर मोहम्मद शहजाद चोटका कारण बाहिरिनु, शीर्ष क्रमका ब्याट्सम्यान कमजोर प्रर्दशन, निरन्तर खेलाडी फेरबदल गर्नु अफगानिस्तानले जारी विश्वकपमा खराव प्रर्दशन गर्नुको मुख्य कारण हो ।
यता वेस्ट इन्डिज पनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने दाउमा छ । वेस्ट इन्डिज ८ खेलमा १ मा जित र ६ मा हारका साथ नवौं स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
वेस्ट इन्डिज गत वर्ष विश्वकप छनोटको फाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । जुनको बदला वेस्ट इन्डिज विश्वकपमा लिन चाहान्छ । विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिज पहिलो पटक भिड्दै छन् । यी दुई देशबीच ५ वान डे खेल भएको छ । जसमा अफगानिस्तान ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहीन छ ।
१९ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया