१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

ठुलो परिमाणमा रहेको अवैध गाँजाको बोट नष्ट



पाल्पा । 

जिल्ला प्रहरी कार्यालयले पाल्पाले ठुलो परिमाणमा अवैध गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको तिनाउँ गाउँपालिका ६ भैसीकट्टामा रहेको २२ रोपनी क्षेत्रफलमा रहेको गाँजाको बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकि प्रभासबाट प्रहरी नायव निरिक्षक एक्का बहादुर नेपालको कमाण्डमा खटिएको प्रहरीको टोलीले करिब ३ हजार गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताए ।

जिल्लामा लागुऔषधकै कारण हुने कुनै पनि अपराधका घटनालाई न्यूनिकरण गरि शान्ती सुरक्षा कायम गर्न सामुदायिक प्रहरी साझेदारि कार्यक्रम अन्र्तगत स्थानियकै सहभागीतामा गाँजा फडानीलाई तिव्रता दिएको प्रहरी उपरिक्षक जिसीले बताए ।

अघिका दिन प्रहरीले तानसेन बजारकै २ स्थानमा अवैध रुपमा रहेको गाँजाको बोट नष्ट गरेकाले अब गाउँका विभिन्न ठाउँबाट प्राप्त सुचनाको आधारमा गाँजा फडानीलाई अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले बताए ।

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  १० : ३१ बजे