मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नपा २ पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलले एसईई परिक्षा २०७५ मा उत्त्रीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । बुधबार विद्यालयकै सभाहलमा एक कार्यक्रम राखि विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेल, वाणगंगा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, शिक्षा शाखा उपप्रमुख खिम बहादुर जिसी लगायतको उपस्थिती रहेको थियो ।
विद्यार्थीलाई आगामी शैक्षिक सफलताको कामना गर्दै पढाईमा हौसला प्रदानका लागि सम्मान गरिएको विद्यालयका प्रिन्सिपल कमल पौडेलले जानकारी दिनुभयो । विद्यालयले हरेक बर्ष एसईई परिक्षामा उत्त्रीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम गर्दै आएको बताउँदै यस बर्ष पनि निरन्तरता दिएको बताउनुभयो ।
कपिलवस्तुमा शैक्षिक क्षेत्रको यात्रामा विशिष्ट परिचय बोकेको हिलवर्टबाट २०७५ को एसईई परिक्षामा ३४.जना सामेल भएका थिए । जस मध्ये ५ जनाले ए प्लस, १८ जनाले ए, ९ जनाले वि प्लस र २ जनाले वि ग्रेड ल्याएर उत्त्रीर्ण भएको विद्यालयका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।
सदाका बर्षमा जस्तै यस बर्षपनि विद्यालयले एसईई परिक्षामा राम्रो नतिजा ल्याएको विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताउनुभयो । विद्यालयले शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरु गरिरहेको भन्दै हिलवर्ट स्कूल जिल्लामै उत्कृष्ट बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको अध्यक्षता र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक युवराज रिमालको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्त्रीर्ण भएकी छात्रा सन्ध्या ज्ञवालीले विद्यालयले आफुलाई सम्मान गरेको थप हौसला दिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
१९ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया