एजेन्सी ।
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३स्१५ देखी सुरु हुनेछ । विजेता टोली सिधै सेमिफाइनलनमा प्रवेश गर्ने छ । पराजित टोली पाकिस्तानको नतिजामा निर्भर रहने छ । इंग्ल्यान्ड आजको खेलमा पराजित भए र उता शुक्रबार पाकिस्तानले बंगलादेशलाई पराजित गरे लिग चरणबाट बाहिरिने छ । त्यसैले घरेलु टोली इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्ड आजको खेलमा पराजित भए र उता पाकिस्तान विजयी भएपनि नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्न सक्छ ।
इंग्ल्यान्ड ८ खेलमा ५ मा जित र ३ मा हार ब्योहोदै १० अंक जोड्दै चौथो स्थानमा छ । न्युजिल्यान्ड पनि समान खेलमा ५ मा जित र २ मा हारका साथ ११ अंक बटुल्दै तेस्रो स्थानमा छ । न्युजिल्यान्डले वर्षाको कारण भारतसँग अंक बाडेंको थियो । शीर्षस्थानमा रहेको अष्ट्रलिया र भारत सेमिफाइनलमा प्रवेश गरि सकेका छन् ।
भारतलाई ३१ रनले पराजित गरेको इंग्ल्यान्डको मनोबल पनि उच्च छ । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो अघिल्लो खेलमा भारतसँग शतक प्रहार गर्दै लयमा फर्किको संकेत देखाएका छन् । त्यस्तै अर्का ओपनर जोसन रोयले पनि भारतसँगको खेलमा कमब्याक गर्दै अर्ध शतक प्रहार गरेका थिए । जो रुट, कप्तान इओन मोर्गन,जस बटलरको प्रर्दशन आज निकै महत्वपूर्ण हुने देखिन्छ । अलराउण्डर बेन स्टोक्सले भने उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।
बलिङतर्फ जोफ्रा आर्चरको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । भारतसँगको खेलमा चार तीब्र गतिका बलरलाई मैदान उतारेको इंग्ल्यान्डले आजको खेलमा एकलाई बेन्चमा राख्दै स्पिनर मोइन अलीलाई मौका दिन सक्छ ।
यता न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन सन्तोकजनक छैन । ओपनर मार्टिन गुप्टिल,कोलिन मुनरो,टम लेथम र रोश टेलरको खराब प्रर्दशन न्युजिल्यान्डलाई ठूलो चिन्ताको विषय हो । बलिङमा भने ट्रेन्ट बोल्ट र ल्योकी फर्गुसन उत्कृष्ट प्रर्दशन गरेका थिए ।
विश्वकपमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ८ खेल भएको छ । जसमा न्युजिल्यान्ड ५ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । त्यस्तै यी दुईदेशबीच कुल ८९ वान डे खेल भएको छ । जसमा न्युजिल्यान्ड ४३ खेलमा विजयी हुँदा ४० खेलमा पराजित भएको छ । २ खेल बराबरीमा सकिदा ४ खेलको नतिजा बिहीन छ । अघिल्लो वर्ष मार्चमा भएको पाँच वान डे सिरिज इंग्ल्यान्डले ३-२ ले जितेको थियो ।
प्रतिक्रिया