१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

क्रिकेटकी ८७ वर्षीया फ्यानले विराटलाई चुम्बन गर्दै दिइन् आशीर्वाद (भिडियो)



एजेन्सी ।
मानिसले युवा अवस्थमा मात्रै होइन खेलको आनन्द वृद्धा अवस्थामा पनि जमेरै लिने गर्छन्। खेलले मानिसलाई तन्दुरुस्त मात्रै राख्दैन मनोरञ्जन पनि प्रदान गर्छ। बुढेसकालमा पनि मानिस यसको आनन्द लिन चुक्दैनन्। जब खेलमा रुची बढ्छ तब न उमेरले छेक्न न यसमा कुनै भौगोलिक सीमाको प्रतिबन्ध रहन्छ। अझ आफ्नो देशको खेल हेर्न र खेलाडीलाई सर्पोट गर्न मैदान पुग्ने इच्छा जो कसैलाई हुन्छ।

खेल र खेलाडीका पनि अनौठा–अनौठा फ्यान हुन्छन्। मंगलबार भारत र बंगलादेशबीच विश्वकप क्रिकेटको खेल चलिरहेकै बेला यस्तै दृष्य देखियो। भारत र बंगलादेशबीचको खेल चलिरहेकै बेला एक वृद्ध फ्यान स्टेडियम पुगिन्। अचम्मको कुरा के भने ती ८७ वर्षकी क्रिकेटकी फ्यान ह्विलचेयरमै स्टेडियम पुगेकी थिइन्। भारतीय टिमलाई सर्पोट गर्न चारुलता पटेल ह्वीलचियरमै त्यहाँ पुगेकी हुन्। स्टेडियम पुगेकी उनी निकै खुसी देखिन्थिन्। जब उनी भारतलाई सर्पोट गर्दै बाजा बजाउँदै टेलिभिजन स्क्रिममा देखिइन् स्टेडियममा रहेका सबै चकित परे। भारतले व्याटिङ थालेपछि उनी स्क्रिनमा देखिएकी हुन्। यो दृष्य देखेर टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिरहेका प्रस्तोता आश्चर्यमा परेका थिए भने खेललाई अझै रोमाञ्चित बनाएको थियो। चारुलताले भारतीय खेलाडीलाई चुम्बन गर्नुका साथै आसिर्वाद समेत दिएकी थिइन्। उनी भारतीय खेलाडीका साथ देखिइन् भने उनीसँग सेल्फी खिच्नेको पनि भिड लाग्यो। भारतले विश्वकप जित्छरु भन्ने प्रश्नमा चारुलताले आफू आफ्नो टिमलाई जिताउनकै लागि मैदान आएको जवाफ दिएकी थिइन्। उनीसँग भारतीय खेलाडी र दर्शकहरूले पनि फोटो खिेचे। भारतीय टोलीका कप्तान विराट कोहलीले बंगलादेशविरुद्धको खेल जितेपछि उनलाई भेटेका थिए। विराटले चारुलतासँग कुराकानी पनि गरे।

प्रकाशित मिति : १८ असार २०७६ बुधबार ००:००  ९ : ४० बजे