दाङ ।
चट्याङले लागेर तुलसीपुरमा एक युवकको ज्यान गएको छ । मंगलबार साँझ ६ बजेतिर परेको चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घर बाहिर निस्केको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको ज्यान गएको थियो ।
१८ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया