१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कृषि मन्त्री भन्छन्-‘यस्तै हुने हो भने वाणगंगामा जग्गा बच्दैन्’



मायादेवी अनलाइन, वाणगंगा ।
संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले बढ्दो शहरीकरण प्रति चिन्ता व्यक्त गर्नुभएको छ । पहाडबाट मधेस झर्नेको लहरनै चलेको भन्दै मन्त्री खनालले यसप्रति बेलैमा नसोच्ने हो भने विकराल समस्या निम्तने खतरा रहेको उहाँले तर्क गर्नुभयो । वाणगंगा नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले जमिन बचाउन नगरपालिकाले ठोस योजना बनाउनु पर्नेमा जोड दिनुभयो । ‘ यहि स्थिती हुने हो भने २०३० सम्ममा रुपन्देहीको मर्चवार क्षेत्र बोहक अरु स्थानमा खेतीयोग्य जग्गा देख्न मुस्किल पर्छ गम्भिर हुँदै मन्त्री खनालले भन्नुभयो, यही स्थितमा हाम्रो वाणगंगा नगरपालिका छ ।’
नगरपालिकाले शहरी क्षेत्र, औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र, कृषि क्षेत्र लगायतका स्थान तोक्नुपर्नेमा जोड दिदै उहाँले अव्यवस्थित रुपमा कित्ताकाट रोक्न पनि उहाँले आग्रह गर्नुभएको छ । खेतीयोग्य जमिनलाई कित्ताकाट गरेर घर निर्माण गर्नु राम्रो नहुने भन्दै यस विषयमा नगरपालिका गम्भिर हुनेमा विश्वास व्यक्त गर्नुभयो । कित्ताकाट रोक्नका लागि कानुनी कुरामा द्धविधा भए त्यसलाई केन्द्रियस्तरबाट आफुले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  ७ : २१ बजे