शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ ठाढुङ्गाका ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
मृतक सुनारको शव सोहि वडाकै सिदुरे सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ । सुनार असार १५ गतेबाट सम्पर्क्विहिन भएका थिए । शवलाई पोष्टमार्टकमको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।
प्रतिक्रिया