१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रतिपक्षले दलले गरे सिद्धार्थ नगरनगरपालिकाको नगर सभा बहिस्कार



भैरहवा ।
सिद्धार्थनगर नगरपालिका भैरहवाको नगर सभा कांग्रेस र राप्रपाका प्रतिनीधीहरुले बहिस्कार गरेका छन् । पाचौं नगरसभामा मंगलबार न्यायीक समीतीको प्रतिवेदन माथी छलफल गर्ने क्रममा आफुहरुलाई प्रतिवेदन र बोल्न नदिईएको भन्दै प्रतिपक्षका २८ जना नगर सभा सदस्यले सभा बहिस्कार गरेका हुन् ।
बहिस्कार पछि २८ जना नगरसभा सदस्यले सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै प्रतिबेदन पारदर्शी रुपमा छलफल गर्नका लागि प्रतिबेदन उपलब्ध गराउनु पर्ने र अन्य सरोकारका बिषय समेत शंसोधन गर्नु पर्ने माग गरेका छन् । आफुहरुका मागलाई सम्वोधन नगरेसम्म नगरका कुनै पनि गतीविधिमा सहभागी नहुने र बिरोध जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
कांग्रेसबाट निर्वाचित बडा अध्यक्ष दिपक श्रेष्ठले प्रतिपक्षको कुरै नसुन्ने, प्रतिवेदनहरु गुपचुप राखि सुचनाको मौलिक हकबाट समेत बञ्चित गराईएकाले सभा बहिस्कार गरीएको दावी गर्नुभयो ।
राप्रपाबाट निर्वाचित बडा सदस्य नारायण उपाध्यायले सभामा नीति तथा कार्यक्रम पास गर्ने कुरा बहुमतको आधारमा भए पनि जनता र नगरका आवश्यकताका कुरा छुट हुन नहुने बताउनुभयो । न्यायिक समिति अधिकार सम्पन्न भईसकेको अवस्थामा त्यही भित्र मेल मिलाप केन्द्र राखेर अनावश्यक आर्थिक भार थोपार्ने काम समेत उचित नभएको उहाँले बताउनुभयो ।
नगर प्रमुख हरी अधीकारीले बहीस्कार गर्नु पर्ने खालकै समस्या नहुँदा नहुदै पनि नियतबस बहिस्कार भएको दावी गर्नुभयो ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  ६ : ४५ बजे