बझाङ ।
बुंगल नगरपालिका खोचेगाडाको तारका बगरमा एक युवतीको शव भेटिएको छ । बुंगल नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो ।
सोमबार साँझ बजेतिर गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव मंगलबार बिहान बुङगलको खोचेगाडाको तारका बगरमा भेटिएको हो । धामी महेन्द्र उच्च माविमा १२ कक्षामा पढ्नुहुन्थ्यो ।
शवको प्रकृति हेर्दा ललितालाई गाडीले ठक्कर दिएको जस्तो देखिने प्रहरीले जनाएको छ । शव भेटिएपछि स्थानीयले २ वटा टिप्परमा आगजनी गरेका छन् ।
१७ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया