मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै छ । मंगलबार दिउँसो एक बजे वैरियाको मायादेवी रिसोर्टमा हुने पाँचौ नगर सभा मार्फत नगरपालिकाले १ अर्ब १२ करोड ४७ लाख बराबर बराबरको बजेट प्रस्तुत गर्दै छ ।
यो बजेटको आकार प्रदेश ५ का १ सय ९ पालिकामा तेश्रो ठूलो आकारको भएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । मंगलबार विहान रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग कुरा गर्दै उहाले सो कुरा बताउनु भयो ।
बाँकी अडियो सुन्नुहोस
प्रतिक्रिया