१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

श्रीलंकासंगको पराजयसंगै वेष्टइण्डिज विश्वकपबाट बाहिरियो, पुरनको शतकले पनि काम गरेन



एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटअन्तर्गत श्रीलंकाले रोमाञ्चक जित निकालेको छ । सोमबार भएको खेलमा वेष्ट इण्डिजलाई २३ रनले पराजित गर्दै श्रीलंकाले जित निकालेको हो ।

रिवरसाइड क्रिकेट मैदानमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३१५ रन जोड्न सफल भयो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले शतकीय पारी खेले । १०३ बल खेलेका उनले ११ चौका र ४ छक्काको सहयोगमा ११८ रन बनाए । निकोलसको यो एकदिवसीय क्रिकेटमा पहिलो शतक हो ।त्यस्तै फबियन एलेनले अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले ७ चौका र १ छक्काको साहयोगमा ५१ रनको योगदान गरे । त्यस्तै क्रिस गेलले ३५ रन जोड्दा शिम्रोन हेट्मायर २९ र कप्तान जेसन होल्डरले २६ रनको योगदान गरे ।

 

बलिङतर्फ श्रीलंकाका लागि लासिथ मालिंगाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कसुन रजिता, जेफ्फेरी भन्डेर्से र एन्जेलो म्याथ्युजले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३८ रन बनायो । श्रीलंकाको लागि आविष्का फर्नान्डोले शतकीय पारी खेले । १०३ बल खेलेका उनले ९ चौका र २ छक्काको सहयोगमा १०४ रन बनाए । आविष्काको एकदिवसीय क्रिकेटमा पहिलो शतक हो । त्यस्तै कुसल परेराले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौकाको सहयोगमा ६४ रन बनाए । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ४५ रन जोड्दा कुशल मेन्डिस ३९, कप्तान दिमुथ करुणारत्ने ३२ र एन्जेलो म्याथ्युजले २० रनको योगदान गरे । बलिङतर्फ वेष्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले दुई विकेट लिए । त्यस्तै शेल्डन कोट्रेल, ओशाने थोमस र फबियन एलेनले समान एक(एक विकेट लिए ।यो हार संगै विश्वकपमा वेष्टइण्डिजको आगामी यात्रा पनि समाप्त भएको छ ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  ६ : ३२ बजे