१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगा नगरपालिकाको बजेट प्रदेश ५ का १ सय ९ पालिकामा तेश्रो ठूलो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै छ । मंगलबार दिउँसो एक बजे वैरियाको मायादेवी रिसोर्टमा हुने पाँचौ नगर सभा मार्फत नगरपालिकाले १ अर्ब १२ करोड ४७ लाख बराबर बराबरको बजेट प्रस्तुत गर्दै छ ।

यो बजेटको आकार प्रदेश ५ का १ सय ९ पालिकामा तेश्रो ठूलो आकारको भएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनु भयो । नेपाल सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेवको प्रमुख आतिथ्यमा प्रस्तुत गर्न लागिएको बजेटमा भौतिक पूर्वाधार र सामाजिक विकासलाई मुख्य प्राथामिकतामा राखिएको छ ।

बाणगंगा नगरको वजेटका लागि आयोजित १ सय बुँदे नीति तथा कार्यक्रम पछि बजेट आउँदै छ । नगर सभा भब्य तुल्याउन ११ वटै वडा कार्यलयमा सार्वजनिक विदा राखिएको प्रबक्ता पौडेलले जानकारी दिनुभयो । यस अघि नगरपालिकाले असार १० गते पाचौं नगरसभामा बार्षिक नीती तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

यसपालीको विकास बजेटमा सबै भन्दा धेरै वजेट पटनाले पाउने वताइएको छ । वजेट तथा कार्यक्रम सार्वजनिक समारोह अघि विहान ७ वजेवाटै नगर कार्यपालिका सदस्यको बन्द शत्र हुने पनि प्रवक्ता पौडेलले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  ६ : १६ बजे