मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले भोली (मंगलबार) आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिकिकरण गर्दै छ । मंगलबार दिउसो एक बजे नगरपालिकाले १ अर्ब १२ करोड ४७ लाख बराबर बराबरको बजेट प्रस्तुत गर्न लागेको हो । कार्यक्रम प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यतामा हुने छ ।
नगरपालिकाले यस वर्ष भौतिक पूर्वाधार र सामाजिक विकास मुख्य प्राथामिकतामा राख्दै बजेट ल्याएको छ । भोली नगरको बजेट सार्वजनिकिकरण हुने भएकाले ११ वटै वडा बन्द गरिने नगर प्रबक्ता तथा वडा नम्बर २ का वडा अधयक्ष विष्णु पौडेलले जानकारी मायादेवी अनलाइन लाई दिनुभयो । यस अघि नगरपालिकाले असार १० गते पाचौं नगरसभामा बार्षिक नीती तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
विभिन्न शिर्षकमा गरी १ सय बुँदामा समावेश नीती तथा कार्यक्रममा भान्सामा औषधालय भन्ने नारालाई अवलम्बन गरी स्वस्थ्य परिवार निर्माण गर्दै लगिने समावेश छ । बढ्दो विषाधीको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको बेला नगरले आफ्नो नीती तथा कार्यक्रम मार्फत स्वस्थ्य परिवार बनाउने लक्ष्य लिएको छ ।
१६ असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया