७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

न्यू मोडल दोहोरी तर्फको उत्कृष्ट अवार्ड बिजय लाई



थानेश्वर अधिकारी, कपिलवस्तु ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा कपिलवस्तुका सदस्य तथा मोडल बिजय कुँवरले यो मान्छेको चोला बोलको लोक दोहोरी गीत मार्फत दोस्रो योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६ को पुरुष तर्फ बेस्ट न्यू मोडल दोहोरी तर्फको उत्कृष्ट अवार्ड चुम्न सफल हुनु भएको छ । गुल्मी जिल्लामा जन्मिएर कर्मथलो कोइली बनगाई कपिलवस्तु बनाउदै आउनुभएका कुँवर पछिल्लो चरणमा लोक संगितको क्षेत्रमा राम्रै चर्चा कमाउदै आउनु भएको छ । मेरी सानुलाई लोक दोहोरी गीत को म्युजिक भिडियो मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको कुँवरले अहिले सम्म दिलमा बस्यौ कलेजी खायौ ,फुलमा डुल्यौकी,यो मान्छेको चोला लगायत करिव आधा दर्जन गीतमा मोडलिङ गर्नुभएको छ ।
सानै उमेर देखी कलाकारिता क्षेत्रमा रुची राख्ने उनी प्रायः बिद्यालय गाउँघरमा हुने बिभिन्न खालका नृत्य प्रतियोगिताहरुमा आफ्नो प्रस्तुती राख्ने गर्नुभएको छ । लामो समयदेखी कलाकारिता क्षेत्रमा साधनारत रहदै आउनु भएका उहाँमा अत्यन्त सरल र मिलनसार स्वभाव रहेको छ । नेपालमा हुने बिभिन्न किसिमका मेला महोत्सव र पर्वको बेला प्रायः व्यस्त रहने कुँवर भविश्यमा अझ समसामयिक र दर्शक श्रोताको माग अनुसारका गीतमा अभिनय गर्ने सोंचमा रहेको बताउनु हुन्छ ।
जाने कला नत्र चर्तिकला भने झै नयाँ पिंढिहरु अध्ययन र साधनमा तल्लिन भएर यो क्षेत्रमा आउन सके मात्र कलाकारिता क्षेत्र मौलाउन सक्छ । उहाँले हालैमात्र अभिनय गर्नुभएको यो मान्छेको चोला बोलको लोक दोहोरी गीत दोस्रो योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६ पुरुष तर्फ बेस्ट न्यू मोडल दोहोरी को  उत्कृष्ट अवार्ड पाउन सफल हुनु भएको छ । आयोजक योङ माइन्डस् इन्टरटेनमेन्ट प्रा.लि.ले ४८ वटा बिधामा उत्कृष्ठ पाँच मनोनयनको सुची सार्वजनिक गरेको छ । नेपाली गीत संगीत तथा यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले आयोजना गर्न लागेको यो अवार्डमा आयोजकले निःशुल्क आवेदन भर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : ०७ बजे