८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई प्रतिष्ठाको जित, श्रीलंकालाई लाग्यो धक्का



एजेन्सी ।
श्रीलंका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध सहज जित हात पारेको छ । शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो । म्यान्चेस्टरमा श्रीलंकाले दिएको २०४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा २०६ रन पूरा र्गयो ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिस र हसिम अमलाले अर्धशतकीय पारी खेले । १०३ बल खेलेका प्लेसिसले १० चौका र १ छक्काको सहयोगमा ९६ रन पूरा गरे । १०५ बल खेलेका अमलाले ५ चौकाको सहयोगमा ८० रनको योगदान गरे । दुबै जनाले १७५ रनको साझेदारी गरे । त्यस्तै क्विन्टन डि कोकले १५ रन जोडे । बलिङतर्फ श्रीलंकाका लागि लासिथ मालिंगाले एक विकेट लिँदा त्यस बाहेकका बलरले विकेट झार्न भने सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा पूरै विकेट गुमाउँदै २०३ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेर र आविष्कार फर्नान्डाले समान ३०९३० रनको योगदान गरे । त्यस्तै धनन्जय डी शिल्भा २४, कुशल मेन्डिस २३, थिशरा परेर २१, जीवन मेन्डिस १८, इसुरु उदना १७ र एन्जेलो म्याथ्युजले ११ रन जोडे ।
बलिङतर्फ दक्षिण अफ्रिका लागि क्रिस मोरिस र ड्वैन प्रेटोरियसले समान तीन ९ तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा दुई विकेट लिँदा एण्डिले फेह्लुक्वायो र जेपी डुमिनिले समान एक–एक विकेट लिए । यो जित सहज निकाले पनि दक्षिण अफ्रिका विश्वकपको अघिल्लो चरणमा प्रवेश गर्ने छैन् । श्रीलंकालाई भने शुक्रबारको खेलमा पराजित भएपछि गम्भिर धक्का लागेको छ ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ११ : १३ बजे