८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

किशोरीलाई विद्यालयमै पुगी सेनेटरी प्याड बाँड्दै उपमेयर थारु



मायादेवी अनलाइन, चन्द्रौटा ।
किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्न शिवराज नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ ।
महिनावारी भएका बेला छात्रा विद्यालय आउन नसक्दा उनीहरुको पढाइ प्रभावित बन्ने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सेनेटरी प्याडको व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट नगरका मावि र निमावि तहमा अध्ययनरत सामुदायिक विद्यालयका किशोरीहलाई विद्यालयमा नियमितता बनाउन यस्तो व्यवस्था मिलाइएको उपप्रमुख शिवकुमारी थारुले जानकारी दिएकी छन् ।
थारुले आफूले अध्यापन गरेको विद्यालयबाट विहीबार सेनेटरी प्याड वितरण कार्य शुरुवात गरिन् । शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा पुगी नगर उपप्रमुख थारुले सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् । उनले बालक्लबकी उपाध्यक्ष सुकमाया बुढा र स्वास्थ्य फोकल शिक्षक शान्ति केसीलाई एक सय थान प्याड हस्तान्तरण गरेकी थिइन् । विद्यालयलाई प्याड हस्तान्तरण गर्दै उपप्रमुख थारुले यसको सही सदुपयोग गर्न सुझाव दिइन् । प्याडले रजस्वला भएका किशोरीलाई विद्यालयमा आउन सहज हुने विश्वास व्यक्त गरिन् ।
चेतनाको अभावमा किशोरीहरुले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका मावि र निमावि तहका २१ विद्यालयमा सेनेटरी प्याड वितरण गर्नेछौं नगर उपप्रमुख थारुले बताइन् । उपप्रमुख थारुले प्रयोग गरिएका प्याडलाई व्यवस्थापनका लागि
कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले यसबाट विद्यार्थीहरु नियमित विद्यालय आउने र शैक्षिक विकासमा समेत सुधार आउने विश्वास व्यक्त गरे । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयका विभिन्न रचनात्मक कार्यक्रमका लागि आफूले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरे ।
विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गरेर सेनेटरी प्याड लिने व्यवस्था मिलाइने विद्यालय प्रशासनले जनाएको छ ।
यसैबीच उपप्रमुख नेतृत्वको टोली नेपाल आदर्श नमूना मावि शिवपुरमा पुगी किशोरीहरुका लागि विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ८ : ०७ बजे