८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ज्ञानपुञ्जमा आईएसए गतिविधिको बृहत शैक्षिक प्रर्दशनी



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल आईएसए अवार्डको नजिक रहेको बताइएको छ । कपिलवस्तु जिल्लामै पहिलो पटक निजी विद्यालयको तर्फबाट व्रिटिश काउन्सिलको सहयोगमा आईएसए यात्रामा रहेको विद्यालयले शुक्रबार वर्ष भरी गरेका १० वटा परियोजनाको एकै साथ बृहत प्रदर्शनी गरेको छ । नेपालका विभिन्न विद्यालयमा संचालित सो कार्यक्रम अन्तरगत उत्कृष्ट गतिविधी गर्ने सिमित विद्यालयलाई काउन्सिलले आईएसए अवार्ड प्रदान गर्ने हुँदा यसक्षेत्रका सरोकारवालाबीच प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल रोमकान्त घिमिरेले बताउनुभयो ।
शुक्रबारको विशेष प्रदर्शनीमा विद्यार्थीले बनाएका गतिविधीलाई श्रब्यदृश्य सामग्री सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनी अन्तरगत विद्यार्थीले नितान्त नेपाली मौलिक खाना, नेपाली कला र सँस्कृति झल्कने प्रस्तुती, चित्रकला, कृषि तथा प्राङ्गारिक मल बनाउने तरिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधीको प्रयोग, आईएसए एशोसियट राष्ट्रका विद्यार्थी संगको सिकाई, बृक्षारोपण, फोहोरमैला व्यवस्थापन लगाएतका गतिविधीहरुलाई प्रस्तुत गरिएको थियो ।
यसै कार्यक्रमबाट विद्यायलाई पलाष्टिकजन्य वस्तु रहित बनाइएको प्रिन्सिपल घिमिरेले बताउनुभयो । उहाँका अनुसार यो जिल्लामै पहिलो नमुना कार्यक्रम हो । यिनै प्रदर्शनीका आधारमा व्रिटिश काउन्सिलले अवार्ड प्रदान गर्ने गर्दछ । प्रिन्सिपल घिमिरेका अनुसार आफनो विद्यालयका विद्यार्थीले गरेको कृयाकलापले आफुहरु अवार्डको लागि छनोट हुनेमा विश्वास व्यक्त गनुभयो । सोही अवसरमा विद्यालयमा संंचालित आईएसए कार्यक्रमले विद्यार्थीलाई सिर्जनशिल बनाएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले विद्यार्थीले गरेका कृयाकलापको प्रदर्शनी देखेर आफु खुशी भएको बताउनुभयो । सिमित कक्षा कोठा भित्र रहेर सिकेको सिकाई भन्दा विद्यार्थीलाई व्यवहारिक विषयमा दिइएको ज्ञान दिर्घकालिन हुने उहाँले बताउनुभयो । ज्ञानपुञ्जका विद्यार्थीले गरेको कार्यबाट आफु प्रभावित भएको भन्दै अब नगरका सम्पूर्ण विद्यालयमा यस प्रकारको गतिविधी गर्न आवश्यक भएको बताउनुभयो ।
कक्षा १० की छात्रा रोजिता शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रवत्ता विष्णु पौडेल, शिक्षा तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, नगर शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी लगाएतले वोल्दै विद्यालयको प्रशंसा गर्नुभयो । कार्यक्रममा विद्यालयका पदमलाल अधिकारीको स्वागत, कक्षा ९ का प्रज्जवल बस्याल र कक्षा ७ कि छात्रा गंगा घिमिरेलेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ७ : ५६ बजे