८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश ५ मा रिक्त कर्मचारी पदपुर्ति तथा व्यवस्थापन गर्न समिति गठन



बुटवल ।
प्रदेश नं ५ को मन्त्रीपरिषदले संगठन संरचना र दरबन्दि व्यवस्थापन सम्बन्धी कार्यबिधि २०७६ स्विकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले संगठन संरचना र दरबन्दि व्यवस्थापन सम्बन्धी कार्यबिधि २०७६ स्विकृत गरेको हो ।
कार्यबिधि स्विकृत भएसँगै प्रदेश सरकारलाई रिक्त कर्मचारी पदपूर्ति गर्ने बाटो खुलेको छ । प्रदेशको स्विकृत ३ हजार ९६ कर्मचारी दरबन्दि मध्ये हाल १५ सय कर्मचारीमात्रै रहेको र बाँकी १५ सय ९६ कर्मचारीको दरबन्दि रिक्त रहेको प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
रिक्त रहेका कर्मचारीहरुको पदपूर्ति तथा व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरु र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रशासन महाशाखाका उपसचिव सदस्यसचिव रहनेगरी समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
संबन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा गठन हुने समितिमा सम्बन्धित जिल्लाका नापी शाखा कार्यालय मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमूख सदस्य रहने छन् ।
मन्त्रीपरिषद बैठकले प्रदेशका घरजग्गाहरुको न्युनतम मुल्य निर्धारण गर्न घरजग्गा न्युनतम मुल्य निर्धारण तथा समिति गठन तथा कार्य सञ्चालन आदेश २०७६ लाई स्विकृत गर्नुका साथै फ्यूल फिलिङ्ग सेन्टर स्थापनाका लागि मापदण्ड २०७६, स्विकृत गरेको छ ।
त्यसैगरी बिहिबारकै मन्त्रीपरिषद बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्बन्धी कार्यबिधि २०७६ स्विकृत गरेको छ भने सोहि मन्त्रालयले पेश गरेको प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनका लागि प्रदेश स्तरिय समिति गठन कार्यबिधि २०७६ स्विकृत गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  २ : १६ बजे