मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा विहीबार एकीकृत घुम्ती शिविरसहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना, ईलाका प्रशासन कार्यालयको समन्वय र विजयनगर गाउँपालिकाको-सह आयोजनामा विजयनगरको १ नं. वडाको नेवलागञ्जमा भएको हो ।
कार्यक्रममा अधिकांश नागरिकहरुले सुकुम्बासी समस्या, सञ्चार टेलिफोन समस्या सडकबाटो पुल पुलेसो, कृषि सिँचाई, सुरक्षाका समस्याहरु लगायतका विषयमा विभिन्न प्रश्नहरु राखेका थिए । यी विभिन्न समस्याहरुको बारेमा कार्यक्रमका प्रमुख समेक्ष राखेका हुन् ।
कपिलवस्तुको सुदुरपश्चिममा पर्ने विजयनगर गाउँपालिकामा कहिले सर्वसुलभ सेवा लगायतका सुविधाहरुको महसुस गर्न पाउछौं भन्दै कार्यक्रममा चिन्ता व्यक्त गरेका थिए ।
एकीकृत शिविरमा स्वास्थ्य शिविर सेवातर्फ १ सय ३ जना सेवाग्राहीले स्वास्थ्य जाँच सेवा लिएका थिए । त्यस्तै नागरिकता शिविरबाट ५७ जना नागरिकले नागरिकता लिएका छन् भने १ सय ३२ जनाले फोटोसहितको मतदाता नामावाली सेवा लिएको ईलाका प्रशासन कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिनुभएको छ । स्वास्थ्य जाँचको साथै विभिन्न किसिमका औषधिहरु पनि वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख अतिथ्यता, प्रहरी उपरीक्षक दीप शम्शेर राणा, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख जयेन्द्र प्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, विजयनगरका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय निरीक्षक नवीन पौडेल, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अतिथ्यता र नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियोे ।
१२ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया