मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा पहिलो नीजि विद्यालयले व्रिटिस काउन्सिलद्धारा सञ्चालित आईएसए परियोजना सञ्चालन गरिरहेको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ राजपुरमा अवस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कूलले आईएसए परियोजना सुरु गरेको हो ।
सन् २०१८/०१९ का लागि सुरु भएको आईएसए परियोजनाले विद्यार्थीको सिकाई उपलब्धीमा उल्लेख्य सुधार भएको पाइएको छ । आईएसए परियोजनाले सिकाईस्तरलाई गुणस्तर बृद्धिसंगै अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण काम गर्दछ ।
विद्यालयमा विभिन्न १० ओटा परियोजनाहरु तयार गरी कक्षा १ देखि १० सम्म लागु गरिएको विद्यालयका परियोजना कोर्डिनेटर हेमराज पन्थीले जानकारी दिनुभयो । जसमा स्थानीय खाना अन्र्तगत खाना महोत्सव सम्पन्न भैसकेको पन्थीले बताउनुभयो । गत कार्तिकमा सम्पन्न भएको खाना महोत्सवमा उलेख्य सहभागीता थियो । खाना महोत्सवमा विद्यार्थीले नेपाली स्थानीय खाना तयार गरेका थिए ।
यसैगरी जलबायु परिवर्तनमा वनविनासका कारण भन्ने विषयमा रहेको परियोजना कार्यले विद्यार्थीहरुमा बन पैदावार जीवित प्राणीहरुका लागि नभई नहुने कुरा हो भन्ने जानकारी प्राप्त भएको विद्यालयले जनाएको छ । यस अन्र्तगत सामुदायिक बनमा बृक्षारोपण, विशेषज्ञहरुबाट कक्षा, प्यानल छलफल, बतृत्वकला लगायतका क्रियाकलाप विद्यालयले सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
यस्तै विद्यालयले दाइजो प्रथा राखिएको शिर्षकमा विद्यालयले बालबालिकाका लागि उनीहरुको इच्चा र चाहना अनुसारको शिक्षा प्रदान गर्नु दाइजो दिनुभन्दा सयौं गुणा राम्रो भएको व्यवहारिक कुरा सिकेका छन् । साथै विद्यार्थीले सामाजिक समस्याका रुपमा रहेको दाइजो प्रथाले लैंगिक विभेद बढाएको र समाजमा असहिष्णु व्यवहार बढाउने भन्दै यसलाई कम गर्नका लागि जनचेतना जगाउने, नजिकै भएका विवाह समारोहमा उपस्थित भएर परामर्श दिने, बतृत्वकला गर्ने कार्य पनि गरिसकेको प्रिन्सिपल रोमकान्त घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी विद्यालयले ‘लसुन खेती’ भन्ने शिर्षकमा स्थानीय पाठ्यक्रम तयार गरी कक्षा ४ मा गत बर्ष देखि नै अध्यापन गराई राखेको विद्यालयका प्रिन्सिपल घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी विद्यालयलले हाम्रा वरिपरि रहेका बस्तुहरु, आईसिटीको प्रयोग, हाम्रो व्यवहार हाम्रो पहिचान, स्थानीय प्रविधि, ठोस आकृतीहरु र प्लाष्टिक मुक्त क्षेत्र भन्ने महत्वपूर्ण शिर्षकहरुमा थुप्रै क्रियाकलापहरु सम्पन्न गरेको जनाएको छ ।
यि सीपहरु मध्ये समालोचनात्मक तरिकाले समस्याको समाधान गर्ने, नेतृत्व गर्ने, सिर्जनशिलताको विकास गर्ने, एक आपसमा सम्वाद गर्ने सीपको विकास गर्ने, प्राविधिक साक्षरताको विकास गर्ने र ग्लोवल सिटिजनको भावना विकास गर्ने विश्वास लिएको विद्यालयको भनाई छ । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको गरेर सिक्ने सीपको विकास गर्न विभिन्न परियोजनाहरु तयार गरी लागु गर्ने उद्धेश्य रहेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया