मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको मोतीपुरमा खुकुरी प्रहारबाट गम्भिर घाइते एक युवकको अवस्था खतरामुक्त रहेको छ । नगरको वडा नं. ७ मोतीपुरमा खुकुरी प्रहारबाट सोही स्थानका अमृत थारु गम्भिर घाइते भएका थिए । अहिले उनको बुटवलको एक अस्पत्तालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयूष कुमार जोशीले थारुको टाउको र दाहिने कुममा चोट रहे पनि स्वास्थ्य सुधार उन्मुख भएको जानकारी मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयमे सुरुमा थारुको अवस्था चिन्ताजनक थियो । अहिले चोट भए पनि आत्तिहाल्नु पर्ने अवस्था छैन । धेरै ठिक भइसकेको छ । सामान्य विवाद हुँदा २ दिन अघि थारु माथि उनकै साथी बुद्धिराम सुनारले खुकुरी प्रहार गरेका थिए । त्यसपछि उनको टाउको र शररिका अन्य भागमा चोट लागेको थियो । खुकुरी प्रहार गर्ने सुनार अहिले प्रहरीको नियन्त्रणमा छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
९ असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया