गुल्मी ।
शुक्रबार आएको पानी, हावाहुरीका कारण गुल्मी जिल्लाको कालीगण्डकीमा तीन दिन देखि कालीगण्डकी गाउँपालिकाका बस्तीहरूलगायत बाग्लुङ जिल्लाका बरेङ लगायतका क्षेत्रमा अन्धकार भएको छ । हाबाहुरीका कारण कहाँ के समस्या आएको भनेर पहिचान गर्न नसक्दा समस्या आएको मिर्मी वितरण केन्द्रका प्राविधिक रोमा त्रामुले जानकारी दिए ।
उनका अनुसार पुर्तिघाट सामुदायिक विद्युतको टोली र मिर्मीको टोलीको कहाँ समस्या आएको हो भनेर पत्ता लगाउने कार्य भएको र आइतबार समस्याको समाधान गर्ने उनले दाबी गरे । कालिगण्डकी गाउँपालिकाको जयखानीमा विद्युतको पोल र तारमा समस्या आएको पाइएको छ यसलाई केही समयमा नै समाधान गरेर विद्युत सुचारु हुने त्रामुले दाबी गरे ।
विद्युत नहुँदा कालिगण्डकी गाउँपालिकाका जयखानी, गाउँपालिकाको केन्द्र रहेको पुर्तिघाट, खडगकोट, फोक्सिङ भुर्तुङ लगायत बाग्लुङ जिल्लाका केही बस्तीहरू तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
विद्युत नहुँदा मोवाइलको नेटवर्कसम्म नआएको र सम्पर्कमा रहन पनि नपाइएको भन्दै मोवाइलमा हल्का चार्ज भए पनि सम्पर्क गर्नका कहाँ नेटवर्क आउँछ भन्दै डाँडामा धाउन बाध्य भएको कालिगण्डकी गाउँपालिका ४ का स्थानीय अग्निधर पराजुलीले गुनासो गरे । विद्युत नहुँदा गाउँपालिकाका कार्य सम्पादनमा समेत समस्या आएको गाउँपालिकाले जनाएको छ । विद्युत सुचारु गर्नका लागि पुर्तिघाट सामुदायिक विद्युतीकरण र स्थानीय लागि परेको मिर्मी वितरण केन्द्रले जनाएको छ ।
९ असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया