९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रहरीको हटलाइन नम्बर १०० मा दैनिक ३ सय ब्लफ कल



काठमाडौं ।
प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे । महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए। कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास गर्‍यो । प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए ।

प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन रु ’ ती व्यक्तिले जवाफ दिए, ‘डर लागेर पुलिसलाई फोन गरेको हो । चोरी भएको छैन ।’ प्रहरीले उनलाई पक्राउ गरी ल्यायो । आइन्दा प्रहरीलाई दुःख दिने र गिज्याउने काम नगर्न चेतावनी दिएर छाडियो ।

यस्ता ब्लफ कल प्रहरीलाई दैनिक ३ सयको हाराहारीमा आउँछ । कोही मादक पदार्थ सेवन गरेर प्रहरीसँग जिस्किन्छन् । कोही छोराछोरीलाई तर्साउने नाममा पुलिस बोलाइदिन्छु भन्छन् । कोहीले पटक–पटक एउटै नम्बरबाट फोन गरी सम्पर्कविहीन हुन्छन् । कोहीले प्रहरीलाई गाली गर्छन् । कसैले कुनै घटनै नभई र अपहरणै नभई अपहरण भएको भन्दै ब्लफ कल गर्ने गरेको महानगरीय प्रहरी रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताइन् ।

नेपाल टेलिकम, एनसेल र स्काई गरी प्रहरी कन्ट्रोल रुममा १८ वटा फोन उठ्छन् । दैनिक १ हजारको हाराहारीमा आउने कलमध्ये ३ सय ब्लफ कल हुन्छन् । २०७५ मा १०० मा २८ हजार ४ सय ६८ वटा फोन आएका थिए । तीमध्ये ७ हजार ९ सय ८१ वटा ब्लफ कल थिए ।

प्रहरीले १०० मा आउने फोनको रेकर्ड राख्न थालेको छ । कुन नम्बरबाट कति बजे केका लागि फोन आयो भन्ने रेकर्ड रहन्छ । कसलाई फोन ट्रान्सफर गरियो र समस्या समाधान भयोरभएन भनेर प्रहरीले रेकर्ड राख्न थालेको एसएसपी बज्राचार्यले बताइन् । ब्लफ कल गर्नेलाई सम्झाइबुझाइ गरी छाड्ने गरिएको उनको भनाइ छ । ‘कहिले त आत्तिएर फोन गर्छन्, के के न भयो भनेर प्रहरी कुदेर पुग्यो केही हुँदैन’, उनले भनिन्, ‘यस्ता प्रवृत्तिका फोन गर्नेलाई हामी बोलाएर र आवश्यक परे पक्राउ गरेरै सम्झाएर पठाउँछौं ।’

१०० मा आउने फोन ट्रान्सफर गर्न मिल्ने बनाइएको छ । यो प्रविधि नहुँदा घटनाबारे टिपाएको स्थानमा रहेका प्रहरीलाई फोन गरी घटनास्थलमा जान निर्देशन दिने चलन थियो । काठमाडौंभरि जुन स्थानमा घटनाको सूचना आउनेबित्तिकै सेवाग्राहीले गरेको फोनलाई सम्बन्धित क्षेत्रमा काम गर्ने प्रहरी अधिकृत कहाँ ट्रान्सफर गरिँदै आएको छ । यो खबर अन्नपूर्ण पोस्ट्बाट साभारा गरिएको हो ।

जुवातास खेलेको सूचना गृहिणीले फोन गरेर जानकारी दिने गरेका छन् । ६ महिना अवधिमा प्रहरीलाई ४ सय २६ वटा जुवातास खेलेको सूचना महिलाले दिएका छन् । बन्द, ठाउँको सोधपुछ, प्रहरीकै नम्बर सोधपुछजस्ता विषयमा सोध्न प्रहरीलाई एक वर्षमा ८ हजार २ सय १३ वटा फोन आएका थिए ।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ६ : ३९ बजे