१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

विश्वकप इतिहासमै दक्षिण अफ्रिकाको खराब प्रदर्शन, पाकिस्तानसंग पनि पराजित



एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।

लर्डस क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २५९ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । ७९ बल खेलेका उनले ५ चौकाको सहयोगा ६३ रन बनाए । त्यस्तै क्वन्टन डि कोक ४७ रन जोड्दा एण्डिले फेह्लुक्वायो ४६, रस्सी भान डर डसेन ३६, डेबिड मिलर ३१ र क्रिस मोरिसले १६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका लागि वाहव रिज र शहाव खानले समान तीन-तीन विकेट लिए । त्यस्तै मोहम्मद आमिरले दुई विकेट लिँदा शाहीन अफरीदीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो ।

पाकिस्तानका लागि हरिस सोहेल र बाबर आजमले अर्धशतकीय पारी खेले । ६९ बल खेलेका हरिसले ९ चौका र ३ छक्काको सहयोगमा ८९ रन पूरा गरे । ८० बल खेलका बाबरले ७ चौकाको सहयोगमा ६९ रनको योगदान गरे । पाकिस्तानका लागि फखर जमान र इमाम उल–हकले ४४-४४ रन जोड्न सफल भए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै इमरान ताहिरले दुई विकेट लिँदा एण्डिले फेह्लुक्वाया र एडन मार्करम एकएक विकेट लिए । यत्तिको खराब र लज्जासपद प्रदर्शन दक्षिण अफ्रिकाले कहिल्यै गरेको थिएन ।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ६ : १४ बजे