एजेन्सी ।
इथियोपियाको राजधानी अदिस अबाबामा सेना प्रमुख सियर मेकोनेनको गोली हानेर हत्या गरिएको छ ।
इथियोपियाका प्रधानमन्त्री अबे अहमदले टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै अंगरक्षकले नै प्रधान सेनापतिको हत्या गरेको बताएका छन् । यद्दपि अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको प्रधानमन्त्रीले जनाएका छन् ।
गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मोकोनन र उनका सल्लाहकारको पनि ज्यान गएको छ । पछिल्ला केही वर्षमा अम्हारा र अन्य राज्यमा जातीय हिंसाले उग्ररुप लिएको छ ।
पछिल्लो वर्षको चुनावपछि अबेले राजनीतिक दमन समाप्त गर्नका लागि राजनीतिक कैदीको रिहा, राजनीतिक दलको प्रतिबन्ध हटाउने र मानवअधिकार हनन गर्नेमाथि मुद्दा चलाउने काम गरेका थिए ।
अमेरिकी विदेश विभागले अदिस अबाबामा आफ्ना कर्मचारीहरुलाई गोलीकाण्डबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।
८ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया