एजेन्सी ।
आईसीसीले भारतीय टिमका कप्तान विराट कोहलीमाथि अम्पायरसँग अनुचित व्यवहार गरेको भन्दै जरिवाना लगाएको छ ।
शनिबार भएको अफगानिस्तानविरुद्धको खेलमा आवश्यकताभन्दा बढी अपिल गरेपछि कोहलीमाथि म्याच फिसको २५ प्रतिशत जरिवाना तोकिएको हो । अम्पायरसँग नराम्रो व्यवहार गरेपछि आईसीसीले कोहलीविरुद्ध यो कदम उठाएको हो ।
आईसीसीले आइतबार एक बयान जारी गर्दै कोहलीले २९ औं ओभरमा अम्पाएर अलीम डारको नजिक गएर आक्रामक र गलत तरिकाबाट एलबीडब्ल्यूको अपिल गरेको जनाएको छ । कोहलीले पनि आफ्नो गल्ती स्वीकारेका छन् । सन् २०१६ मा रिवाइज्ड कोड लागू भएपछि कोहलीको यो दोेस्रो गल्ती हो । अफगानिस्तानविरुद्धको खेलमा भारत ११ रनले विजयी भएको थियो ।
प्रतिक्रिया