९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमि नगरपालिकाको पाँचौ नगरसभा बस्यो, कुन शिर्षकमा कति बजेट ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले “खुसी नगरबासी, समृद्ध बुद्धभुमि” को नारा अवलम्वन गर्दै पाँचौ नगरसभाबाट आव ०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । गोरुसिंगेमा आइतबार भएको पाँचौ नगरसभाबाट बुद्धभूमि नगरपालिकाले सामाजिक विकासलाई प्राथमिकता दिंदै बजेट प्रस्तुत गरेको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठद्धारा नगरसभामा प्रस्तुत भएको बजेटमा सामाजिक विकास तर्फ समग्र बजेटको ५१ दशमलव ३४ प्रतिशत बजेट छुटईएको छ । भौतिक पूर्वाधार विकासमा ४० दशमलव ६६ प्रतिशत बजेट छुट्टाएको नगरपालिकाले बन वातावरण तथा विपद् व्यवस्थापनमा २ दशमलव ८२ प्रतिशत र आर्थिक विकासमा ३ दशमलव ७४ प्रतिशत बजेट छुट्याएको छ ।
नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकालाई समृद्ध, सबल, विकसित र सुन्दर बनाउँदै कृषिजन्य, पशुजन्य, माछा, खाद्य सामग्री तथा स्थानीय दैनिक प्रयोगका सामग्रीहरुको उत्पादनमा आत्म निर्भरताको दिशातर्फ उन्मुख बनाउने लक्ष्य लिइएको बताउनुभयो ।
नगरभित्र रोजगारीमा बृद्धि गरी खुसी, सुखी नगरबासीको परिकल्पना, अनुशासित र सभ्य समाजको निर्माण गर्ने उद्धेश्य अनुरुप आव ०७६÷०७७ को नीति र कार्यक्रम बनाएको उहाँले सभामा जानकारी गराउनुभयो । यि कार्यक्रम सञ्चालनका लागि यसै अनुरुपको बजेट पनि ल्याएको उहाँले बताउनुभयो ।
निशर्त र शर्सत (सामाजिक सुरक्षा समेत) गरी नगरपालिकामा छयासी करोड छैसठ्ठी लाख उञ्चालिस हजार रुपैँया आएको छ । बजेट कार्यान्वयनका लागि नगरपालिकाले बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन २०७६ समेत नगरसभाबाट सर्वसम्मत पारित गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६ आइतबार ००:००  ५ : ४४ बजे