मायादेवी अनलाइन, काठमाण्डौँ ।
लामो छलफल र वहसपछि समाजवादी पार्टी र राजपाका नेताहरुले फेरि एकीकरणबारे सम्वाद सुरु गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोबीच पछिल्लो पटक जनकपुरधाममा यस विषयमा कुराकानी भएको छ ।तत्कालीन संघीय समाजवादी फोरमले राष्ट्रिय जनता पार्टी राजपासंग एकताका विष्यमा कुराकानी भइरहेको अवस्थामासंगै नयाँ शक्ति पार्टीलाई पनि एकिकरणमा सहभागी गराउने भनिएपछि राजपाका नेताहरु बिच्किएका थिए । तर पनि अहिले बाबुराम र यादवको मिश्रित पार्टीले राजपाका नेताहरुसंग एकताको बिषयमा संवाद सुरु गरेका हुन् । यसअघि काठमाडौंमा समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई राजपा नेताहरुबीच पनि कुराकानी भए पनि ‘औपचारिक वार्ता हुन सकेको थिएन । राजपा निकट स्रोतले आगामी कात्तिक महिनाभित्रै पार्टी एकीकरण हुने सक्ने दाबी गरेको छ । सरकारले संविधान संशोधनलाई गौण राख्न खोजेकाले वैकल्पिक शक्ति निर्माण गरी आन्दोलन गर्न पार्टी एकता गर्न लागिएको स्रोतको दाबी छ ।
राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महताले भने एकताबारे कुराकानी सुरु भएको बताएका छन् । सरकार आफ्नै तरिकाले चलिरहेको बताउँदै महतोले संविधान संशोधनसहित देशमा बढेको भ्रष्टाचार, हत्या, हिंसाबिरुद्व एउटै मोर्चा बनाएर राष्ट्रिय आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
प्रतिक्रिया