एजेन्सी । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
म्यान्चेस्टरमा न्युजिल्यान्डले दिएको २९२ रनको लक्ष्य पछा्एको वेष्ट इण्डिजले ४९ ओभरमा पूरै विकेट गुमाउँदै मात्र २८६ रन पूरा गर्यो । वेष्ट इण्डिका लागि कार्लोस ब्राथवेटले शतकीय पारी खेले । ८२ बल खेलेका उनले ९ चौका र ५ छक्काको सहयोगमा १०१ रनको योगदान गरे ।
ad ad ad
त्यस्तै क्रिस गेल र शिम्रोन हेट्मायरले अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ८ चौका र ६ छक्काको सहयोगमा ८७ रन बनाए । ४५ बल खेलेका हेट्मायरले ८ चौका र १ छक्काको सहयोगमा ५४ रनको योगदान गरे ।
बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए । त्यस्तै ल्युक फर्गुसनले तीन विकेट लिँदा जिम्मी निशम, म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यजिल्यान्डले निर्धारित ५ओभरमा ८ विकेट गुमाउँदै २९१ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले शतकीय पारी खेले । १५४ बल खेलेका उनले १४ चौका र १ छक्काको सहयोगमा १४८ रनको योगदान गरे ।
त्यस्तै रोस टेलरले अर्धशतकीय पारी खेले । ९५ बल खेलेका उनले ७ चौकाको सहयोगमा ६९ रन जोडे । न्युजिल्यान्डका लागि जिम्मी निशमले २८ रन जोड्दा कोलिन डी ग्राण्डहोम १६, टोम लाथम १२ र मिचेल स्यान्टनरले १० रन जोडे ।
बलिङतर्फ वेष्ट इण्डिजका शेल्डन कोट्रेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कार्लोस ब्राथवेट दुई तथा क्रिस गेलले एक विकेट लिए ।
प्रतिक्रिया