९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतको कठिन जित



एजेन्सी ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतले लगातार चौथो जित निकालेको छ । गयराति प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्ताविरुद्ध ११ रनको संघर्षपूर्ण जित निकाल्दै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

रोसबल क्रिकेट मैदानमा भारतले दिएको २२५ रनको लक्ष्य पछएको अफगानिस्तानले ४९ ओभरमा ५ बलमा पूरै विकेट गुमाउँदै २१३ रन पूरा गर्यो । अफगानिस्तानका लागि मोहमद नइबले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए ।

त्यस्तै रहमत शाहले ३६ रन जोड्दा कप्तान गुल्बदीन नइबले २७, नजिवगल्हा ज्रर्दान २१ त्था रशिद खानले १४ रनको योगदान गरे । बलिङतर्फ भारतका लागि मोहमद शमीले सर्वाधिक चार विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह, युज्भेन्द्र चहल र हार्दिक पान्ड्याले समान दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका विराटले ५ चौकाको सहयोगमा ६७ रन पूरा गरे । ६८ बल खेलेका केदार जाधवले ३ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । भारतका लागि केएल राहुल ३० रन जोड्दा विजय शंकर २९ र महेन्द्र सिंह धोनीले २८ रन जोडे ।

बलिङतर्फ अफगानिस्तानका लागि गुल्बदीन नइब र मोहम्मद नाबीले दुई–दुई विकेट लिए । त्यस्तै रहमत शाह, रशिद खान, आफताव आलम र मुजीब उर–हमानले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ८ असार २०७६ आइतबार ००:००  ५ : २३ बजे