मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा शनिबार बिहानदेखि परेको सिमसिमे बर्षाले राहत महसुस भएको छ । गर्मीले गर्दा सास्ती खेपिरहेका कलिवस्तुबासीलाई बर्षाले शितलता दिएको छ । गर्मीयाममा दैनिकजसो ४२ डिग्री भन्दा माथी हुने तापक्रममा यहाँका बासिन्दाहरुले आज राहत महसुस गरेका छन् ।
कतिपय ब्यक्तिहरुले अब बर्षात सुरु भएको भन्न थालिसकेका छन् । यति मात्रै हैन शनिबार छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची लगायत देशभरीका विभिन्न स्थानहरुमा बिहानै देखि बर्षा भइरहेको छ ।
पानी परेपछि विशेष गरी गर्मीबाट छुटकारा मिलेपनि ठूलो बर्षा हुन नसक्दा किसानको चिन्ता कायमै छ । असारको पहिलो साता वितिसक्दा पनि जिल्लाका अधिकांश किसाले धानको बीउ राखेका छैनन् । कतिपयले राखेपनि चर्को गर्मीले बीउ नै सुकेको छ ।
प्रतिक्रिया