काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कारण टीकापुर हत्याकाण्डको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीलाई लगाइएको १४ किलोको नेल (साङ्लो) हटाइएको छ ।
शुक्रबार राति चौधरीलाई भेटेपछि साङलो हटाउनका लागि बाबुराम भट्टराईले आग्रह गरेको केही समयमै साङ्लो हटाइएको चौधरीका भाइ मिठुलाल चौधरीले बताए । ’हिजो राति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आउनुभएको थियो, उहाँलाई हामीले अमानवीय व्यवहार भएको बतायौँ उहाँले पनि चासो दिनुभयो म प्रधानमन्त्रीसँग भन्छु साङ्लो खोलिदिनुस् भन्नुभएको थियो’ चौधरीले भने त्यसपछि रातिबाटै साङ्लो हटायो ।’
सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो । खुट्टाको साङ्लो हटाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मातहतका निकायलाई निर्देशन दिएको जनाइएको छ । उनले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत साङ्लो हटाउनको लागि निर्देशन गरेका थिए ।
फोक्सो र ढाडमा समस्या देखिएपछि सांसद चौधरीलाई बिहीबार वीर अस्पताल भर्ना गरी उपचार थालिएको थियो । अहिलेको उनको लागि उपचार चलिरहेको छ ।’ उपचार चलिरहेको छ, एमआरआई गर्नुपर्नेछ टाइम अझै मिलेको छैन’ ।
७ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया