बाँके ।
बाँकेमा लागुऔषध कारोवारीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन् । तीमध्ये २२१ जनाविरुद्ध मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
कारोबारीलाई कानूनी दायरामा ल्याउन प्रहरीले सक्रियता देखाएको कारण पक्राउ पर्ने र मुद्दा दर्ता हुनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७४/०७५ मा पक्राउ परेका ३१० लागुऔषध कारोबारीमध्ये १४५ जनामाथि मुद्दा दायर भएको थियो । यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा पक्राउ परेका १८० लागुऔषध कारोबारीमध्ये १३७ जनामाथि मुद्दा दायर भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आव २०७५(०७६ को हालसम्म ४६६ ग्राम १२० मिलिग्राम ब्राउनसुगर, ४७ किलो ८२४ ग्राम चरेस, १८ किलो ५०० ग्राम अफिम, दुई किलो ७२० ग्राम गाँजा, सात लिटर ८०० मिलिलिटर कोरेक्स र सात हजार ७८ ट्याब्लेट नाइट्राजेपाम लागुऔषध पक्राउ परेको छ ।
नेपालमा लागुऔषध नियन्त्रण ऐन ०३३ को दफा ८४ को ६ (३) मा भएको व्यवस्थाअनुसार एक सय ग्रामभन्दामाथि कारोबार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । रासस
७ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया