९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवगढीको भगवानपुरमा बृहत स्वास्थ्य शिविर हुँदै



मायादेवी अनलाइन, तौलिहवा ।

सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुले दुई दिने निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ । कपिलवस्तुको शिवराज न.पा. ९ शिवगढीको भगवानपुरमा रहेको नेपाल आधारभुत बिद्यालयमा प्रतिष्ठानले असार ७ र ८ गते शिबिर सन्चालन गर्ने भएको हो ।

सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष भेग बहादुर थापाका अनुसार जनताहरुको आपसी प्रेम, सद्भाव, न्याय, सत्य र समानताको पक्षमा सबैलाई गास्दै सकारात्मक सोचको साथ व्यबहारमा लागू गर्ने उद्देश्यसा साथ शिविर गर्न थालिएको हो । शिविरबाट भरपुर लाभ लिन उहाँले आग्रह गर्नुभएको छ ।

देश समाज र सिंगै राष्ट्रको सुख, शान्ती, समानता र समृद्धिका लागि कयौं बर्ष देखि नेपाली जनताले बिरतापूर्बक संघर्ष गर्दै आएता पनि जनताले अहिले सम्म शान्ति र समृद्धिबाट सन्तृष्टि लिन नसकेको बेला आफुहरुले समाजलाई जोड्नका लागि यस किसिमको कार्यक्रम आयोजना गरेको थापाले बताउनुभयो ।

बृहत स्वास्थ शिबिरमा जनरल मेडिसिएन, हाडजोर्नी महिला तथा प्रसुती, बाल रोग, छाला रोग लगायत अन्य विशेषज्ञ सेवा समेत उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ असार २०७६ शुक्रबार ००:००  ८ : २० बजे