मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा जेष्ठ नागरिकलाई पौष्टिक आहार वितरण गरिएको छ । गाउँपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई पौष्टिक आहार बितरण तथा सम्मान कार्यक्रम गरिएको हो ।
हरिबोध आधारभुत विद्यालयको प्राणङ्गणमा सम्पन्न भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई झुल, टर्च, पौष्टिक आहार वितरण गरि सम्मान गरिएको थियोे । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हरेक जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्न महिनामा दुई पटक घरमै डाक्टर पठाउने ब्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
उक्त सेवाबाट प्रत्यक्ष लाभ लिन वुवाआमालाई अध्यक्ष थापाले आग्रह गर्नुभयो । यस्तै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकी कार्यक्रम संयोजक रुकैया खातुनले कार्यक्रमलाई निरंतरता दिदै जेष्ठ नागरिकको संजालबाट आएका योजनालाई प्राथमिकता अनुसार समाबेश गराउने जानकारी दिनुभयो ।
विजयनगर गाउँपालिका अध्यक्ष थापाको अध्यक्ष्यता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारुको विशिष्ट आतिथ्त्यता, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय शाखा अधिकृत देवीराम भण्डारी लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका प्रमुख शारदा शर्माले गर्नु भएको थियो ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया