९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हङ्कङमा फेरि उत्रिए लाखौं मानिस सडकमा



हङ्कङ ।
विवादास्पद सुपुर्दगी विधेयक पूर्ण रुपमा फिर्ता लिन तथा प्रमुख कार्यकारीले तत्काल राजीनामा दिनुपर्ने माग राखी हङ्कङमा पुनः लाखौं मानिसहरु सडकमा आर्लेका छन् ।
प्रदर्शनकारीले सरकारी कार्यालय घेराउ गर्नुका सार्थ चर्को नाराबाजी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हङकङका प्रदर्शनकारीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता लिन दिएको म्याद शुक्रबार बिहीबार सकिएसँगै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
सरकारले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरेपनि त्यतिले नपुग्ने भन्दै त्यस विधेयकलाई पूर्ण रुपमा नै फिर्ता लिनुपर्ने र शहरकी प्रमुख कार्यकारी क्यारी लामले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
अघिल्लो साता उक्त विधेयकविरुद्ध दशौं लाख मानिसहरुले प्रदर्शन गरेपछि सरकार पछि हट्दै उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेको थियो ।
नयाँ सुपुर्दगी कानून लागू भएमा हङ्कङवासीको स्वतन्त्रता तथा मानवअधिकार हनन् हुनसक्ने र हङ्कङका नागरिकलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गरिने भन्दै त्यसको विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७६ शुक्रबार ००:००  ४ : ४३ बजे