मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाको पाचौं नगरसभा यहि असार १० गते गरिने भएको छ । विहीबार सम्पन्न नगर कार्यपालिकाको वैठकले आर्थिक वर्ष २०७६÷०७७ को नगर सभा वडा नम्बर १ को श्रृङ्गीघाट सिंचाइ आयोजनाको सभाहलमा गर्ने निणर्य गरेको हो । नगर सभा सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिएको छ । जस अनुसार आगामी आर्थिक वर्षको नीती तथा बजेट पेशका लागि वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्तको संयोजकत्वमा ३ सदस्यिय ब्यवस्थापन समिति गठन गरिएको छ । समितीको सदस्यहरुमा नगरका प्रशासन शाखा प्रमुख केशवराज भट्टराई र नगर कार्यपालिकाका सदस्य कृष्ण विक रहनुभएको छ ।
यसैगरी आर्थिक वर्ष २०७६÷०७७ को नीती कार्यक्रम तथा वजेटको सन्र्दभमा सुझाव संकलनको लागि शुक्रबार अन्तरक्रिया कार्यक्रम हुँदै । ठाकुरापुरमा हुने उक्त अन्तरकृयामा विभिन्न राजनैतिक दलका प्रतिनधि, नगरपालिकाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहने नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभएको छ ।
यस्तै विहीबारको वैठकले आर्थिक वर्ष २०७५÷०७६ को समिक्षा गरी ११ वटै वडाका उपभोक्ता समिति टोल विकास संस्थालाई यथाशिघ्र योजना सम्पन्न गर्न निर्देशन समेत दिएको छ । बैठक मेयर मगंलप्रसाद थारुको अध्यक्षता, उप मेयर चक्र अर्याल, नगर शिक्षा अधिकारी बाबुराम भट्टराई, सम्पूर्ण वडा अध्यक्ष, विषयगत शाखा प्रमुख लगायतको उपस्थिती थियो । बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले गर्नुभएको हो ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया