काठमाडौं ।
असार ६ गते अर्थात आजको दिन वर्षकै लामो दिन हुने भएको छ । आजको दिन पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्नेछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो हुने छ । साथै आजको दिन देखि अब आउने दिनहरु छोटा हुनेछन् ।
एक वर्षमा ३६५ दिन हुन्छ, त्यस ३६५ दिन भित्र सुर्य चन्द्रमा लगायत सबै ९ ग्रहले आ-आफ्नै समय अनुसारले सौर्य मण्डलमा परिक्रमा गरिरहेको हुन्छ । त्यस अन्तर्गत विशेष गरि अहिले हाम्रो चलन चल्तीको दिन तथा गतेहरु सुर्यको गतिलाई आधार मानेर निर्धारण भएका हुन्छन् ।
वर्ष दिन भरिमा पर्ने दिनहरु मध्ये जाडोयाममा छोटा दिनहरु हुन्छन भने गर्मी महिनामा लामो दिन हुन्छन । यो क्रम सबै भन्दा छोटो दिन नआउँदा सम्म चल्नेछ ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया