९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शरीर र मनको जोड नै योग : योगाचार्य पौडेल (अडियो)



मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार पाचौं विश्व योग दिवस मनाईदै छ । विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका आधारमा योग दिवस मनाउन सुरु भएको हो । यद्यपी सन् २०१४ बाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ ।
योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । योगका पिताका रुपमा पतञ्जलीलाई लिइन्छ ।
पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको पाइन्छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गर्नुभएको थियो । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९ औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।
यिनै मान्यतामा आधाति रहेर नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा योगलाई स्वास्थ्यसंग जोडेर यससंग सरोकार राख्ने संघसंस्थाले विश्वभर विभिन्न जनचेतना कार्यक्रम गरि मनाउँछन् । दिवसको अवसरमा प्रदेश नं. २ को जनकपुर राष्ट्रियस्तरको कार्यक्रम भैरहेको छ भने प्रदेश नं. ५ को बुटवल ट्राफिक चोकमा पनि प्रदेशस्तरीय कार्यक्रम भैरहेको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयको आयोजनामा भैरहेको कार्यक्रममा मन्त्री सुदर्शन बराल, योग शिक्षक, जनप्रतिनिधि, संघसंस्था, विद्यार्थी, शिक्षक लगायत सर्वसाधारणको योग गर्न ठूलो भिड लागेको छ ।
मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।
दिवसको सन्दर्भमा रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको समय सम्वाद कार्यक्रममा बोल्दै योगाचार्य कमल पौडेलले योग हरेक मानिसका लागि अपरिहार्य रहेको बताउनुभएकोछ । विश्वमा दिनप्रतिदिन बढीरहेको तनावबाट मुक्ती पाउन र शरीरलाई सम्पूर्ण रुपमा स्वस्थ्थ बनाउन मान जीवनकामा योग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
योग चित्त र वृत्तिको निरोध, शरिर र मनलाई जोड्ने क्रियाकलाप भएको हुँदा यसले मानिसलाई उर्जाशिल बनाउने उहाँको भनाई छ । हरेक दिन योग गर्ने मानिसमा चिन्ता, तनाव, उच्चरक्तचाप, मधुमेह, आदि जस्ता रोगहरुबाट मुक्त हुने भएको हुँदा हरेक व्यक्तिले ठिक समयमा योग गर्नुपर्ने उहाँको भनाई छ ।
(सुन्नुहोस अडियो)

प्रकाशित मिति : ६ असार २०७६ शुक्रबार ००:००  ७ : ५२ बजे