विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले गत मंगलवार सुरही नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको ३ जना युवाहरुको मृत्युप्रति शोकसभा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गोपाल थापा, उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी, कर्मचारी, जनप्रतिनिधि लगायत सम्पूर्ण जनसमुदायले गाउँपालिकाको प्राङ्गणमा एक मिनेट मौन धारण गरि शोकसभा गरेका हुन् ।
शिवराज नगरपालिकाको वडा नं. २ हल्लानगरको सुरही नदीमा दिउँसो करिब २ बजे डुबेर मृत्यु भएको थियो । मृतक युवाहरु विजयनगर ६ प्रेमनगर भटनीका घनश्याम भट्टराईका पुत्र १८ बर्षीय आसिष भट्टाराई, गिरीराज भुषालका पुत्र १६ वर्षिय निराजन भुसाल र मान बहादुर सुनारका पुत्र १९ बर्षीयसुमित सुनारको डुबेर अल्पायुमा मृत्यु भएको हो ।
मृतआत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको छ ।
प्रतिक्रिया