९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साताको अन्तिम दिन सेयर बजारमा सुधार



काठमाडौं ।
साताको अन्तिम दिन बिहीबार बजारमा सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचकमा ५ दशमलव ९० अंकको सुधार आएको छ । बिहीबार नेप्से ५ दशमलव ९० अंकले वृद्धि भएर एक हजार २ सय ६४ दशमलव ३६ अंकमा पुगेको हो ।
नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स १ दशमलव शुन्य ८ अंकले बढेर २ सय ७१ दशमलव ६० अंकमा पुगेको हो । नेप्से बढेको दिन बजारमा १ सय ७१ कम्पनीका १३ लाख ७५ हजार ५ सय ४१ कित्ता सेयर ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँमा कारोबार भए ।
आज बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्य ८ समूह उकालो लागेका छन् भने बाँकी तीन समूह ओरालो लागेका छन् । आज माइक्रो फाइनान्स समूह सर्वा्धिक १३ दशमलव ७८ अंकले उकालो लाग्यो भने उत्पादनमुलक समूह सर्वा्धिक १२ दशमलव ८८ अंकले ओरालो लाग्यो ।
साताको अन्तिम दिन सेयर बजारमा शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भयो । यसदिन कम्पनीको सेयर ३ करोड ३ लाख १३ हजार २ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।
नेप्से बढेको दिन गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसदिन कम्पनीको सेयर ९ दशमलव ८७ प्रतिशतले बढेको हो । त्यसैगरी, रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वा्धिक ५ दशमलव २६ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रकाशित मिति : ५ असार २०७६ बिहिबार ००:००  ९ : ११ बजे