काठमाण्डौ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधी अनुसार मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
केही स्थानीय तहले कार्य्विधिअनुसार काम नगरेको गुनासो आएपछि मन्त्रालयले कार्य्विधि अनुसार मात्रै कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई पत्राचार गरेको हो । यसरी सञ्चालन गरिने कार्यक्रममा पूर्ण वित्तीय अनुशासन कायम राख्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा केही स्थानीय तहले झारा टार्ने र जथाभावी पैसा खर्च गर्ने हिसाबले काम थालेको भन्दै गुनासो बढेको छ । रोजगार कार्यक्रम सञ्चालन गर्दा यस्ता कमी कमजोरी भएमा अनुगमन गरी सच्याउन पनि मन्त्रालयले भनेको छ ।
बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्न भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा एक महिनाको कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन भएको छ ।
प्रतिक्रिया