९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज अस्ट्रेलिया र बंगलादेश भिड्दै, के बंगलादेशले कडा टक्कर दिन सक्ला ?



एजेन्सी–आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) साविक विजेता अस्ट्रेलिया र बंगलादेश भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो अस्ट्रेलियालाई बंगलादेश कडा टक्कर दिने अभियानमा छ । बंगाल टाइगरको उपनाम पाएको बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन् । यसअघि पाँच खेलमा चार जित र एक हार खेपेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । दुई जित, दुई हार र एक खेल अनिर्णित नतिजा निकालेको बंगलादेश पाँच अंक सहित पाँचौं नै स्थानमा छ ।पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रेलिया निकै बलियो र शसक्त टोली हो । बंगलादेशले अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन । अस्ट्रेलियाले पहिलो संस्करण देखि विश्वकप खेलिरहेको छ । बंगलादेशको यो छैटौं सहभागिता हो । यी दुई टोलीबीच विश्वकपमा यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ । यी दुई टोली विश्वकपमा तीन पटक भिडेका छन् । जसमा दुई खेलमा अस्ट्रेलियाले जितेको छ । एक खेल अनिणर््िात बनेको छ । यस विश्वकपमा दुवै टोलीको प्रदशन उच्च स्तरको छ । यसअघि हिजो सम्पन्न खेलमा विजयी हुँदै टमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो ।

प्रकाशित मिति : ५ असार २०७६ बिहिबार ००:००  ९ : ५४ बजे